Saturday 21 October 2017

जब अक्षरको सानो गल्तीले करोडौँ डुब्यो…

जब अक्षरको सानो गल्तीले करोडौँ डुब्यो…



अक्षर कति धेरै शक्तिशाली हुन्छ भन्ने कुरा सायद यी कम्पनी तथा व्यक्तिहरुजत्तिको भलिभाँती जानकार यो दुनियामा अरु कोही छैनन् होला । किनकी अक्षरमा भएको सानो गल्तीका कारण यिनीहरुलाई यति ठूलो झट्का लाग्यो की उनीहरुले जिवनभर यसलाई बिर्सिन सक्ने छैनन् ।
कमा, पूर्णबिराम र हिज्जे लगायतमा भएका गल्तीका कारण करोडौँ घाटा बेहोर्नुपरेका ५ घटना यस्ता छन्
दुईवटा शुन्ना छुट्दा
क्यानडाको टोरन्टो र साइप्रसको हवाई यात्रा बिजनेस क्लासमा गर्ने र त्यो पनि जम्मा ३९ डलरमा ! कल्पना गर्न पनि गाह्रो पर्ने टिकटको यस्तो सस्तो मूल्य सन् २००६ मा इटालीको वायुसेवा कम्पनी एलिटालियाले राखेको थियो । कम्पनीले टिकट मूल्य ३ हजार ९ सय डलर लेख्नुको साटो दुईवटा शुन्ना छुटाएर जम्मा ३९ डलर लेखेको थियो । पछि कम्पनीले टिकट मूल्यको यो गल्ती सुधार गर्यो । तर त्यतिबेलासम्म २ हजार यात्रुले ३९ डलरमा टिकट बुक गरिसकेका थिए । जब भुलबस ३९ डलर मूल्य राखिएको भन्दै एयरलाइन्स कम्पनीले बुक गरिएका टिकट रद्द गर्ने जानकारी गरायो, तब यात्रुहरुले कडा विरोध जनाए । त्यसपछि कम्पनीको प्रतिष्ठालाई ध्यान दिँदै कम्पनीले ३९ डलरमै टिकट उपलब्ध गरायो । यसबाट कम्पनीलाई झण्डै ७० लाख डलर घाटा लाग्यो ।
दशमलवको ठाउँमा कमा राखिएपछि
अमेरिकाको एक ठूलो एरोस्पेस कम्पनी लकहीड मार्टिनले वायुसेनाका लागि हर्कुलस जहाज बनाउने समझौतामा हस्ताक्षर गर्यो । सम्झोता अनुसारका विमान निर्माण गर्न केही वर्ष लाग्ने थियो । त्यसैले सन् १९९९ मा यो सम्झौता हुने बेलामा सम्झौता पत्रमै समयक्रमसँगै जहाजकेा मूल्य बढे अनुसार भुक्तानी गरिने कुरा उल्लेख गरियो । तर भुलबस जहाजको जुन मूल्य लेखिएको थियो त्यसमा एक ठाउँमा दशमलबको साटो कमा पर्न गयो । त्यस समयमा उक्त करारको पूर्ण लागत उल्लेख गरिएको थिएन । यसरी मूल्यको अंकमा एकवटा कमा गलत ठाउँमा पर्नाले लकहीड कम्पनीले ७ करोड डलर नोक्सानी बेहोर्नुपरेको बताइन्छ ।
जब एउटा शव्द अगाडि आयो
डिसेम्बर २००५ मा जापानको एक स्टक मार्केट कम्पनीले टाइपिङ गल्तीका कारण ठूलो नोक्सानी बेहोर्नुपर्यो । जे कम नामक कम्पनीको शेयर त्यसबेला ह्वात्तै घट्नथाल्यो जब मिजुहो सेक्योरिटीका एक ब्रोकरले प्रति येनको हिसाबले ६ लाख १० हजार शेयर बेच्न सुरु गरिदिए । तर वास्तवमा प्रतिशेयर मूल्य ६ लाख १० हजार येनमा शेयर बेच्नु थियो । यसरी यहाँ येन मुद्राको ठाउँ अगाडि आउँदा एक येनमा एउटा शेयर बिक्रि भयो जबकी एउटा शेयरको मूल्य ६ लाख १० हजार येन पर्नुपर्ने थियो । यो गल्तीका कारण मिजुहो कम्पनीलाई ३३ करोड डलर घाटा लाग्यो ।
S ले खोसिदियो धेरैको जागिर
बेलायतमा कुनैपनि कम्पनी सुरु गर्नुअघि इन्टरप्राइजेज डिपार्टमेन्ट तथा बिइआइस नामक एजेन्सीमा दर्ता गराउनु पर्दछ । कम्पनी बन्द गराउँदा पनि बिइआइएसलाई जानकारी गराउनु पर्दछ । सन् २००९ मा टेलर एण्ड सन्स नामक एक कम्पनी बन्द हुन थालेको सूचना बिइआइएसमा प्राप्त भयो । तर वास्तवमा जुन कम्पनी बन्द हुनेवाला थियो त्यो चाहीँ टेलर एण्ड सन थियो । कम्पनीको नाममा एउटा एस अक्षर थपिएर बहुबचन हुनाले सन् १८७५ देखि चलिआएको टेलर एण्ड सन्स कम्पनीलाई सरकारी एजेन्सीले बन्द भएको कम्पनीको रुपमा दर्ता गर्यो । जसबाट उक्त कम्पनीमा काम गर्ने अढाई सय कामदारको जागिर गुम्यो ।
टेलर एण्ड सन नामक कम्पनीले आफ्नो नामका पछाडि एस अक्षर थपेर टेलर एण्ड सन्स लेखी कम्पनी बन्द गर्ने सूचना सरकारी एजेन्सीमा दिँदा यस्तो अनर्थ भएको हो । यसरी अघिल्लो कम्पनीको गल्तीका कारण आफ्नो ठूलो कम्पनी बन्द भएकोमा टेलर एण्ड सन्सका सहमालिक फिलिप डेभिसनले ८० लाख पाउण्ड क्षतिपूर्ति दाबी गरे ।
बियरको नाम गल्ती लेख्दा
बियरको शौखिनहरुका लागि ब्भि ब्चअतष्अ या Allsoppउ चिनेजानेको नाम हो । सन् २००७ मा एक व्यक्तिले यस बियरका १५५ बोतल इबे कम्पनीमा बेच्नका लागि हो । यो विशेष बियर किन्नका लागि मानिसहरुको लाइन लाग्नेछ भन्ने उनको अनुमान थियो । तर अचम्म । केवल दुईजना मात्र ग्राहक फेला परे ।
वास्तवमा यसरी ग्राहकको खडेरी पर्नुको गम्भीर कारण रहेछ । उनले बियरको नाममा Allsopp का ठाउँमा Allsop लेखेका रहेछन् । मानिसहरुलाई लाग्यो यो कुनै अर्को ब्राण्डको बियर होला । त्यसैले अन्तत उनका ती बियर ३०८ डलरमा बिके । उक्त बियर खरीद गर्नेले नाम सही राखेर पुनः इबेमा बियर बिक्रिमा राखे । त्यसबेला त डेढ सय जना ग्राहकले बियर खरीद गर्ने इच्छा व्यक्त गरे । अन्ततः ती डेढसय बोतल बियर ५ लाख डलरमा बिके । एजेन्सी

No comments: