Sunday 22 October 2017

चुनावी रौनक कतै बाजागाजा कतै बागी

निर्वाचन आयोगले भन्यो- मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्ण


   ५ कात्तिक, काठमाडौं । संविधान कार्यान्वयनको महत्वपूर्ण श्रृंखलाका रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको औपचारिक प्रक्रिया आइतबारबाट सुरु भएको छ ।
मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि आइतबार ३२ जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको छ ।
आइतबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ताको सूचना आउने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मनोनयन दर्ता शान्तिपूर्ण एवं उत्साहजनक रुपमा भएको छ ।
साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिए पनि साँझसम्मै दलका नेता कार्यकर्ताहरु लाइनमा बसेको ढकालले अनलाइनखबरलाई बताए ।
विभिन्न जिल्लामा कति दलका के कति उम्मेदवारले उम्मेदवारी दर्ता गरे भन्ने पूर्ण विवरण आउने क्रममै रहेको आयोगको भनाइ छ ।
   तर, यसपालिको चुनावमा विगतमा भन्दा कमै दलहरुको सहभागिता देखिएको छ । मुख्य गरी वाम गठबन्धन र कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु हावी भएका छन् ।

No comments: